सरकारले संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा भौतिक पूर्वाधार विकासको योजना अघि सारेको छ । सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी मानिएको जलाशययुक्त जलविद्युत आयोजना हरेक प्रदेशमा बनाउने उल्लेख छ ।
संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्बजनिक गरेको नीति तथा कार्यक्रम अनुसार ति जलायसयुक्त जलविद्युत आयोजनाहरु बहुउद्देश्यीय हुनेछन् ।
यसैगरी सरकारले हरेक प्रदेशमा औद्योगिक क्षेत्र पनि स्थापना गर्ने छ । त्यसका लागि सरकारले यसअघिदेखि नै तयारी थालेको थियो ।
सबै प्रदेशमा बजार अनुगमनका कार्यालयहरु र रंगशाला निर्माण गरिने भएको छ ।
प्रत्येक प्रदेशमा एक-एक वटा श्रम कार्यालय स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । सबै प्रदेशमा एक-एक वटा निजामति अस्पताल र एक-एक वटा ठूला रंगशाला बनाउने पनि सरकारले घोषणा गरेको छ ।
यस्तै सबै प्रदेशमा रहने गरी कम्तिमा ९० दिनलाई पुग्ने ग्यास तथा पेट्रोलियम भण्डार स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ ।