newskoseli.Com

नयाँ शक्तिले खोल्यो डेरी उद्योग, बाबुरामले गरे उद्घाटन

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।

नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको शनिबार मोरङको हसन्दहमा उद्घाटन गर्दै संयोजक भट्टराईले भने– “नेपाली कांग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अब नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ । नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजान्छ ।”

मुलुकमा ५ वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारतजत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकका रूपमा खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेकाे भट्टरार्इले बताए । उनले सोही अनुसार अगाडि बढ्न संयोजक उपस्थित कार्यकर्तालाई निर्देशन दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर