newskoseli.Com

संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्ग्याऔं : लेखक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन प्रस्तावलाई संसदीय प्रक्रियामार्फत टुङ्गो लगाउनुको विकल्प नरहेको बताएका छन् ।

मन्त्री लेखकले सधैंजसो संसद् अवरूद्ध गर्नुभन्दा यदि संविधान संशोधन गलत छ वा जनताको पक्षमा छैन भने लोकतान्त्रिक प्रक्रियामार्फत संसदबाटै टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

रिपोटर्स् क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री लेखकले भने– “संविधान संशोधन गर्नेबारे दलहरूबीच पहिले नै सहमति भएको हो, हिजोसम्म सहमति ठीक, आज बेठीक भन्ने हुँदैन, त्यसैले यसलाई सबै मिलेर प्रक्रियामा अगाडि बढाउनुपर्छ ।”

जतिसक्दो चाँडो संविधान संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गरी तीनवटै निर्वाचन सम्पन्न गर्दै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री लेखकले सवारीचालक अनुमतिपत्रलाई थप व्यवस्थित गर्न सोमबारदेखि अनलाइनबाटै फर्म भर्ने प्रक्रिया सुरु गरिने जानकारी दिँदै त्यस सेवालाई देशभरि सञ्चालन गरिने बताए ।

आफ्नो मन्त्रालयले हुलाकी सडक, द्रुतमार्ग र रेलयातायात मार्गलगायत भौतिक पूर्वाधारसँग सम्बन्धित काम द्रुत गतिमा अगाडि बढाएको मन्त्री लेखकको भनाइ छ । “राजनीतिक विषयमा पनि मन्त्री परिषदमा छलफल हुने भएकाले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको विज्ञप्तिको बारेमा छलफल भएको हो, तर कुनै निर्णय भएको छैन” उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर