प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘वर्ल्ड फ्युचर इनर्जी समिट’ मा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गरेकाकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी छन् ।
नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।