newskoseli.Com

केन्द्रीय सुरक्षा समितिको बैठक : निर्वाचन सुरक्षा योजना पारित

बुधबार राजधानीमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३–७४ पारित गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । २०७४ वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महतलगायतको उपस्थिति थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर