शुक्रबार व्यवस्थापिका–संसद्को बैठकमा फरक–फरक प्रतिवेदन पेस भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले ‘राष्ट्रिय मानवअधिकार आयोगको ३ आर्थिक वर्ष २०७०/७१, आ.व. २०७१/७२, आ.व. २०७२/७३) को वार्षिक प्रतिवेदन पेस गरे ।
विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गरे ।
राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्तीले ‘सामाजिक व्यवहार सुधार विधेयकसम्बन्धी समितिको वार्षिक प्रतिवेदन, २०७३’ र ‘राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन, २०७३’ पेस गरे ।
व्यवस्थापिका–संसद्को अर्को बैठक चैत २८ गते १ बजे बस्नेछ ।