newskoseli.Com

यस्तो भयो संसदमा आज…

शुक्रबार व्यवस्थापिका–संसद्को  बैठकमा फरक–फरक प्रतिवेदन पेस भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले ‘राष्ट्रिय मानवअधिकार आयोगको ३  आर्थिक वर्ष २०७०/७१, आ.व. २०७१/७२, आ.व. २०७२/७३) को वार्षिक प्रतिवेदन पेस गरे ।

विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गरे ।

राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्तीले ‘सामाजिक व्यवहार सुधार विधेयकसम्बन्धी समितिको वार्षिक प्रतिवेदन, २०७३’ र ‘राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन, २०७३’ पेस गरे ।

व्यवस्थापिका–संसद्को अर्को बैठक चैत २८ गते १ बजे बस्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर