मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकि छन् ।
कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकि हुन् । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी भएका थिए।
यसअघि बिहान राष्ट्रपति भण्डारीले यहाँस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गरेकि थिइन् ।