newskoseli.Com

अस्थायी शिक्षक पद नै सधैंका लागि अन्त्य हुन्छ : शिक्षामन्त्री

सरकार अस्थायी शिक्षक पद सदाका लागि अन्त्य गर्ने तयारीमा सरकार जुटेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बताएका छन् ।

नेपाल शिक्षक संघ कास्कीको आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई मंगलबार पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए ।

“लामो समयदेखि शैक्षिक पेशामा संलग्न शिक्षकका लागि यो सुनौलो अवसर हो”, उनले भने– “त्यसपछि आवश्यक शिक्षक आयोगबाटै लिइने व्यवस्था शिक्षा मन्त्रालयको परिमार्जित नीतिमा उल्लेख गरिनेछ ।”

सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल महिला संघकी उपाध्यक्ष डाल्डादेवी भुजेल, निर्वाचन मण्डलका संयोजक चिन्तामणि शर्मालगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर