newskoseli.Com

इच्छुकलाई माल्यार्पण गर्दै प्रचण्डले भने : उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहित गरौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षालाई उत्पादन र जीवनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । दाङको घोराहीस्थित सहिद कृष्ण सेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने उनले बताए । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी तुल्याउन शिक्षालय परिवारसँग उनले आग्रह गरे ।

सहिद कृष्ण सेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतीक भएको अनि नेपाली समाजमा स्थापित भइसकेको अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्ण सेन ‘इच्छुक’ को प्रतिमामा माल्यर्पण पनि गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर