आर्थिक वर्ष २०७५र०७६ को प्रस्तावित बजेट मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मंगलबारै संसदमा प्रस्तुत गर्न लागिएको बजेट पारित गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले दिएका छन् ।
बैठकले बजेटसम्बन्धी विधेयक पेस गर्ने निर्णय समेत गरेको जानकारी राज्यमन्त्री बास्कोटाले दिए ।