पछिल्लो दुई दिन लगातार देशका तीन स्थानमा भूकम्प गएको छ । बिहीबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
गोरखा र दोलखामा गएको भूकम्प २०७२ वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार गोरखा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो भने दैलेखमा गएको नयाँ भूकम्प ४.३ रेक्टर स्केलको रहेको थियो ।
शुक्रबार दोलाखा केन्द्रबिन्दु भएर गएको पराकम्प पनि ४.३ रेक्टरस्केलकै रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ०७२ वैशाख १२ गतेको भूकम्पयता हालसम्म ४ वा ४ रेक्टर स्केलमाथिका ४सय ९८ वटा पराकम्पहरु गइसकेका छन् । रासस