newskoseli.Com

२ दिनमा ३ भूकम्प, ०७२ को भूकम्पयता ४ सय ९८ पराकम्प

 

पछिल्लो  दुई दिन लगातार देशका तीन स्थानमा  भूकम्प गएको छ । बिहीबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

गोरखा र दोलखामा गएको भूकम्प २०७२ वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार गोरखा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो भने दैलेखमा गएको नयाँ  भूकम्प ४.३ रेक्टर स्केलको रहेको थियो ।

शुक्रबार दोलाखा केन्द्रबिन्दु भएर गएको पराकम्प पनि ४.३ रेक्टरस्केलकै रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ०७२ वैशाख  १२ गतेको भूकम्पयता हालसम्म ४ वा ४ रेक्टर स्केलमाथिका ४सय ९८ वटा पराकम्पहरु गइसकेका छन् । रासस

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर