गौरादह नगरपालिका– ८, जुरोपानीका २४ वर्षीय उमेश माझी जिल्ला कारागारबाटै ‘फरार’ भएका छन् ।
जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २०७१ असार ७ देखि सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न ‘फरार’ भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताएका छन् ।
उनका अनुसार माझी अपराह्न ३ बजेसम्म कारागारमै रहेकोे सीसी क्यामेराले देखाएको छ । तर, आइतबार साँझदेखि उनी ‘फरार’ भएपछि माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ ।