हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएका छन् ।
हेलिकप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटारको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने जानकारी पोखरेलले दिए ।