newskoseli.Com

‘तीज’ को ‘दर’ खाँदा ५० जना बिरामी, बालबालिका सिकिस्त !

पाँचखाल नगरपालिका– १२, काँसकोटमा तीजको दर खाँदा ५० जनाभन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ ।

स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लि. ले शनिबार ‘तीज विशेष दर खाने कार्यक्रम’ आयोजना गरी २ सय जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रम जारी रहेको र बिरामीको संख्या अझै बढ्न सक्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेष गरी बालबालिका सिकिस्त रहेको जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सको टोलीलाई आग्रह गरिसकिएको उनको भनाइ रहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

यो पनि पढ्नुहोस्–
अपडेटः ‘दर’ खाँदा बिरामी हुनेको संख्या ३७९ पुग्यो

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर