newskoseli.Com

बाँके– ३ : वामदेवको टुंगो नहुँदै पिटरद्वारा ‘बागी उम्मेदवारी’ घोषणा !

नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतम बाँके– ३ बाट निर्वाचित भएका नन्दलाल रोकायालाई हटाएर उपचुनाव गराई सांसद बन्ने चर्चा चलिरहेका बेला एक वरिष्ठ माओवादी बुद्धिजीवीले यदि त्यसो भए त्यहाँ आफूले उम्मेवारी दिएर वामदेवलाई चुनौती दिने चेतावनी दिएका छन् ।

चर्चित माओवादी बुद्धिजीवी एवं लेखक–स्तम्भकार नरेन्द्रजंग पिटर (नुनिन्द्र दुलाल) ले सोमबार साँझ सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै वामदेव गौतमविरुद्ध आफ्नो उम्मेवारी घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– ‘यदि बाँके क्षेत्र नम्बर ३ मा जननिर्वाचित प्रतिनिधि कमरेड नन्दलाल रोकायालार्इ अपमानित गरी हटाएर अन्य कुनै सरकारी नेकपाका नेता संसदीय चोरदुलोबाट छिर्न चाहन्छन् भने म नरेन्द्रजंग पिटर (नुनिन्द्र दुलाल) सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्दछु ।’

एमाले–माओवादी केन्द्रबीच एकता सुनिश्चित भएसँगै माओवादी केन्द्र त्यागेका पिटरले अगाडि लेखेका छन्– ‘वामदेवजीभन्दा खजुरा क्षेत्रको म पुरानो अभियन्ता हुँ भने सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्ने सडकको म पार्टीविहीन माओवादी पनि हुँ । नन्दलाललार्इ र ३ नम्बर क्षेत्रलार्इ कसैले अपमानित नगरोस् । यसो त म संसदीय कम्युनिज्ममा विश्वस्त छैन, संसदको रमिता र तमासा देखेर ।’

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर