newskoseli.Com

उपनिर्वाचन ‘सक्रिय बहिष्कार’ गर्ने वैद्य माओवादीको निर्णय

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका उपनिर्वाचनहरुको ‘सक्रिय बहिष्कार’ गर्ने निर्णय लिएको छ ।

साउन २१ देखि २३ सम्म राजधानीमा बसेको सो पार्टीको पोलिटब्युरोको बैठक महासचिव किरणद्वारा प्रेषित प्रेस विज्ञप्तिमा जनाइएअनुसार सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्नु उपयुक्त हुने भएकाले उक्त उपनिर्वाचनको ‘सक्रिय बहिस्कार’ गर्ने निर्णय लिइएको हो । हालै भारतले लिएको जम्मु–कश्मीरसम्बन्धी निर्णयको पनि सो बैठकले विरोध गरेको छ ।

विज्ञप्तिमा महासचिव किरणले लेखेका छन्– ‘ब्रिटिस सरकारको प्रत्यक्ष उपनिवेशबाट मुक्त हुने सन्दर्भमा भारत र पाकिस्तानका बीचमा समेत विवादित रहँदै आएको जम्मु–कश्मीरको समस्या समाधान गर्ने प्रक्रियामा त्यहाँका जनतालाई विशेषाधिकार दिने गरी भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था गरेर जम्मु–कश्मीरलाई भारतमा सामेल गराइएको थियो । वर्तमान भारत सरकारले हालै धारा ३७० र ३५ (क) लाई खारेज गर्नुका साथै जम्मु–कश्मीरबाट लद्दाखलाई अलग गराउने जुन निर्णय गरेको छ, त्यसबाट त्यहाँका जनताप्रति गम्भीर विश्वासघात हुन गएको छ । हाम्रो पार्टी भारत सरकारको उक्त नीति र निर्णयको दृढ विरोध गर्दछ ।’

यस्तो छ वैद्य माओवादीको विज्ञप्तिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर