newskoseli.Com

१६ सचिवको सरुवा : मन्त्रीहरूले गरेका ‘कार्यसम्पादन सम्झौता’ अलपत्र (काे–काे कहाँबाट कहाँ पुगे ?)

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १६ सचिवहरुको सरुवा गरेको छ । हालै मात्र विभिन्न मन्त्रीहरुले ती सचिवहरुसँग वर्षभर गर्ने कामहरूबारे करार (कार्यसम्पादन) सम्झौता गरे पनि उनीहरुको सरुवा गरिएपछि ती सम्झौता अलपत्र परेका छन् ।

भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्य गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयमा कार्यरत सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा र वित्त आयोगका सचिव बैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयहमा सरुवा गरिएको छ । राष्ट्रिय सर्तकता केन्द्रका सचिव माधव बेलवासेलाई खानेपानी मन्त्रालयमा ल्याइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयबाट सचिव खगराज बराललाई स्वास्थ्य मन्त्रालयमा लगिएको छ । श्रम मन्त्रालयका सचिव महेश दाहाललाई शिक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव डा. हरि पौडेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लगिएको छ । प्रदेश– ३ मा प्रमुख सचिव रहेका आनन्द ढकाललाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ भने प्रदेश– ५ मा प्रमुख सचिव रहेका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर