newskoseli.Com

सिंगापुरबाटै प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद बैठक

स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले उतैबाट सिंहदरबारमा मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले ‘भिडियो कन्फरेन्स’ बाट छलफल गर्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्नेछ । आधुनिक प्रविधिको प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत मन्त्रिपरिषदको बैठक बस्न सक्ने व्यवस्था सरकारले गरेको छ । प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो कन्फरेन्सलगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने व्यवस्था मन्त्रिपरिषदको पछिल्लो बैठकले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा थप गरेको थियो ।

नियमावलीमा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा समेत प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस्तो परम्परा नेपालमा कहिल्यै प्रचलित थिएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर