newskoseli.Com

चिनियाँ राष्ट्रपति सीको यस्तो छ २० घन्टे नेपाल भ्रमण तालिका (सूचीसहित)

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (आज) अपराह्न दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी नेपाल आउन लागेका हुन् ।

नेपाल सरकारले उनको स्वागतका लागि सबै तयारी पूरा गरिसकेको छ । काठमाडौं उपत्यकाका सडकहरुमा रंगरोगन गरेर झिलिमिलि पारिएको छ । ठाउँठाउँमा बगैंचा निर्माण गरिएका छन् भने फूलहरु पनि राखिएका छन् ।

दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आउन लागेका सी शुक्रबार भारत भ्रमणमा गएका थिए । सी शनिबार अपराह्न भारतबाटै नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ ।

यस्तो छ सीको भ्रमण तालिका

शनिबार
५ः०० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे– राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ः३० बजे– राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ः१५ बजे– प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे– राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार
१०ः३० बजे– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता
११ः३० बजे– प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ः०० बजे– स्वदेश फिर्ता

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर