newskoseli.Com

भारतीय अतिक्रमणविरुद्ध प्रतिरोध तीव्र : दूतावास अगाडि जलाइयो नक्सा, देशभर आन्दोलन सुरु

लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि विद्यार्थीहरुले प्रदर्शन गर्दै भारतको नक्सा जलाए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाए ।

भारतीय पक्षद्वारा भएको नेपाली भूभाग अतिक्रमणको विरोधमा देशभर आन्दोलन सुरु भएको छ । यसै क्रममा शुक्रबार पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्‍याली निकाले ।

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी सङ्घ काठमाडौं जिल्ला समितिको आयोजनामा शुक्रबार गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारासहित नेपालको एक चिम्टी भूभाग कसैले मिच्न नपाउने चेतावनी दिइयो । सयौं विद्यार्थीसहित मित्रपार्कबाट सुरु गरिएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पशुपति क्याम्पसमा पुगेर कोणसभामा परिणत भयो ।

सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग गरे । सरकारले कूटनीतिक रूपमा समस्याको समाधान गर्नुपर्ने विद्यार्थी नेता प्रेम शाहीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर