newskoseli.Com

राति अबेर मन्त्रिमण्डलको पुनर्गठन, यस्तो छ नयाँ मन्त्रिपरिषदको नामावली

केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदलाई बुधबार अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्गठन गरेकी छन् । निकै लामो चर्चा–परिचर्चा र कसरतपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठित मन्त्रिपरिषदको नामावली बुधबार साँझ राष्ट्रपति भण्डारीकहाँ पठाएका हुन् ।

पुनर्गठित मन्त्रीपरिषदमा यसअघि मन्त्री रहेका केहीको बिदाई भएको छ, केही नयाँ थपिएका छन् र केही पुरानै मन्त्रीहरूको मन्त्रालय सट्टापट्टा गरिएको छ । नयाँ नियुक्त मन्त्रीहरुमा हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी, लेखराज भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामेश्वर राय यादवले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् । घनश्याम भुसालले कृषि, पार्वत गुरूङले महिला, बालबालिका तथा जेष्ठ नागरिक, वसन्त नेम्बाङले भौतिक योजना तथा निर्माण, मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

हालसम्म कानुनमन्त्री रहेका भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पाएका छन् र स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्स्थ्य तथा जनसंख्या राज्यमन्त्री र मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त मन्त्रीहरुको सपथ र पदबहाली बिहीबारै हुने भएको छ ।

यस्ताे छ नवगठित मन्त्रिपरिषदकाे पूर्ण नामावली–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर