newskoseli.Com

महरालाई दियो अदालतले सफाइ, छुटे कारागारबाट

‘बलात्कार उद्योग’ को आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ । अदालतको निर्णयलगत्तै उनी डिल्लीबजारस्थित कारागारबाट छुटेका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जनाए अनुसार पीडित भनिएकी रोशनी शाहीले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएका हुन् ।

सुरुमा महराविरुद्ध ‘बलात्कार प्रयास’ को जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी शाहीले अदालतसमक्ष भने महराले आफूमाथि बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् । औंठाछापलगायतका फरेन्सिक जाँचको रिपोर्टबाट पनि सो घटनामा महरा संलग्न भएको नदेखिएकाले सफाइ पाएको श्रेस्तेदार श्रेष्ठले बताए ।

१२ असोजको साँझ प्रतिनिधिसभाका तत्कालीन सभामुख महराले शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेको हल्ला १३ गते दिनभर चल्यो । १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परे । सोही अदालतले महरालाई ‘कसूरदार होइन भन्न नसकिने’ भन्दै १८ कात्तिकमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गर्ने आदेश दिएको थियो ।

राजनीतिक एवं मूलतः अमेरिकी परियोजना एमसीसीसँग सम्बन्धित रहेर घटाइएको यस घटनाको पटाक्षेपसम्बन्धी समाचार न्युजकोसेलीले आइतबार नै प्रकाशित गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर