newskoseli.Com

पूर्वसभामुख महराको सुनुवाइ सुरु : रिहा हुने सम्भावना

महरा र राेशनीकाे बेग्लाबेग्लै फाइल तस्बिरबाट

पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको ‘बलात्कार प्रयास’ को अभियोगबारे आइतबार जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ हुँदैछ ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ‘बलात्कार प्रयास’ को आरोपमा महरा सभामुखको सरकारी निवासबाटै असोजमा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएर अनुसन्धान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका महरालाई उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुंगो लगाउन आदेश दिएर जिल्ला अदालतकै निर्णय सदर गरेको थियो । असोज १९ मा पक्राउ परेका महरा कात्तिक १८ मा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए ।

असोज १२ मा शाहीमाथि ‘बलात्कार प्रयास’ गरेको आरोप उनीमाथि लगाइएको थियो । सुरुमा महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर आरोप अस्वीकार गर्दै आएकी छन् । महरा निर्दोष रहेको भन्दै उनी लगातार जिल्ला र उच्च अदालतसम्म पुगीरहेकी छन् ।

एमसीसी प्रकरणमा ‘अवरोध’ सिर्जना गरेको हुँदा जसरी पनि सभामुखबाट पन्छाउने रणनीतिअनुरुप महरा–प्रकरण मञ्चन गरिएको तथ्य सार्वजनिक भैसकेको छ । अब सन्दर्भ बदलिइसकेको र नयाँ सभामुख निर्वाचित भएर कामकाज समेत अघि बढाइसकेको हुँदा पूर्वसभामुख महरा आइतबारै रिहा हुने सम्भावना प्रबल रहेको स्रोतहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर