newskoseli.Com

सय नाघे संक्रमित : १०१ जनामा काेराेना, ३० पुगे निको हुने

विराटनगरस्थित कोशी अस्पताल (कोभिड– १९ उपचार केन्द्र) मा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरमा संक्रमण पुष्टि भएका थप ८ जनाको पछिल्ला तीन रिपोर्टमा निरन्तर कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरु निको भएका हुन् ।

भुल्केमा १६ जना जमातीसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती २८ मध्ये ६ जना यसअघि बुधबार नै निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका थिए । बिहीबार निको भएका थप ८ जना शुक्रबार डिस्चार्ज हुँदा निको हुनेको संख्या १४ पुगेको छ । यससँगै नेपालभर कोरोना पुष्टि भएर निको हुनेको संख्या ३० पुगेको छ।

यसैबीच, बिहीबार कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी संक्रमितको पुष्टिसँगै यसअघि ९९ रहेको कोरोनाभाइरसका संक्रमितको संख्या बिहीबार एक सय नाघेकाे छ । अब नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर