newskoseli.Com

४५३ पुगे काेराेना संक्रमित, ४९ निको भए, ३ को मृत्यु (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमित ४५३ पुगेका छन् । बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मेडिया ब्रिफिङमा जनाएअनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने निको भई डस्चिार्ज हुनेको संख्या ४९ पुगेको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको डा. देवकोटाले बताए । रुपन्देहीका २७ वर्षीय पुरुष र झापाका ८ जना पुरुषहरु गरी ९ जना पछिल्ला संक्रमित रहेको उनले बताए । हालसम्म ३८ जिल्लामा संक्रमित भएको उनको भनाइ छ ।

प्रदेश– १ मा ८४, प्रदेश– २ मा १३६, बागमती प्रदेशमा २६ जना, गणडकी प्रदेशमा ४ जना, प्रदेश– ५ मा १९७, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी हालसम्म कूल ४५३ जना संक्रमितको संख्या रहेको उनले बताए । डा. देवकोटाका अनुसार बिहीबारै थप ४ जना निको भई डिस्चार्ज भएका छन् । यो संख्यासहित निको भई घर फर्कनेको संख्या ४९ पुगेको हो ।

यो पनि पढ्नुहोस्–
४४४ पुगे कोरोना संक्रमित : बिहानै थपिए १७ जना

भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/956651438120065/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर