newskoseli.Com

के–के छन् आ.व. २०७७/७८ को बजेटमा ? (पूर्णपाठसहित)

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार सरकारको आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको वार्षिक आय–व्यय विवरण (बजेट) पेस गरेका छन् । अपराह्न ४ बजे संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट पेस गरेका हुन् ।

यसमध्ये सरकारले चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ अर्थात ६४ दशमलव ४ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७० करोड अर्थात ११ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने खर्चको स्रोततर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने अर्थमन्त्रीको घोषणा छ ।

सरकारले वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । सरकारले विनियोजन गरेको यो बजेट चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालू आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

लौ पढ्नोस प्रस्तावित बजेटको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर