newskoseli.Com

कोरोनाबाट मर्नेकाे यसरी गर्नुपर्छ शव व्यवस्थापन (संशोधित कार्यविधिको पूर्णपाठ)

सांकेतिक तस्बिर

कोरोनाभाइरस (कोभिड– १९) ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न ल्याइएको कार्यविधिलाई सरकारले मंगलबार संशोधन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापनसम्बन्धी संशोधित कार्यविधि बुधबार सार्वजनिक गरेको हो ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार अन्य मृतकको जस्तो हुँदैन । सरकारी कार्यविधिअनुसार शव उठाउनुअघि शव बाहनका चालक र कर्मचारीले अनिवार्यतः व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ । अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनु पर्नेछ ।

मृतकको शवलाई कमभन्दा कम मात्र चलाउनुपर्छ । शवमा लागेका पाइप, केथेटरलगायतका सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ । शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्नेछ । अन्तिम संस्कार गर्न मृतकलाई घाटसम्म लान साधारण शव बाहनको प्रयोग गर्न सकिन्छ तर शवलाई सकेसम्म छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्‍याउनु पर्नेछ । ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घरोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कुरा समेत कार्यविधिमा उल्लेख छ ।

संशोधित कार्यविधिको पूर्णपाठ यसप्रकार छ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर