newskoseli.Com

३७६२ पुगे संक्रमित : सोमबार थपिए ३१४, डिस्चार्ज भए ४८८, कूल मृतक १४ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ३७६२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३१४ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो । पछिल्ला संक्रमितमध्ये २९४ पुरुष र २० महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सोमबारको नियमित मेडिया ब्रिफिङका क्रममा डा. जागेश्वर गौतमले दिएकाे जानकारीअनुसार नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्येबाट डिस्चार्ज हुनेको कूल संख्या ४८८ पुगेको छ । कूल डिस्चार्ज संख्या ४८८ मध्ये पुरूष ४१९ र महिला ६९ रहेका छन् ।

हालसम्मका कूल संक्रमित ३७६२ मध्ये ३५०५ पुरूष र २५६ जना महिला रहेकाे जानकारी डा. गाैतमले दिएका छन् । पछिल्लो २४ घन्टामा एक महिलासहित जम्मा २१ जना डिस्चार्ज भएका छन् ।

भिडियाेमा हेर्नाेस् डा. गाैतमकाे ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/937658816706819/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर