newskoseli.Com

ओली कुशासनको भद्दा प्रमाण : जागिर खोसिएपछि युवकले गरे आत्मदाह

सांकेतिक तस्बिर

कम्युनिस्ट नाम र शब्दको दुरुपयोग गर्दै खड्ग ओलीले चलाइरहेको निरंकुशतापूर्ण संसदीय फासीवादको पराकाष्ठा नाघेको छ । देशमा बेथिति, अन्याय, अत्याचार, भ्रष्टाचार र सरकारी गैरजिम्मेवारी अर्थात् समग्रतामा कुशासन यो हदसम्म बढिसकेको छ, जहाँ २७ वर्षीय युवक आफ्नै जिउमा आगो लगाई डढेर मर्न विवश भएका छन् ।

कथित प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार कार्यक्रम, विभिन्न वर्ग–क्षेत्र र उमेरसमूहका निम्ति सहुलियत ऋण, सामाजिक सुरक्षा आदिजस्ता बकवास निरन्तर छाँटेर आम जनतामाथि अथाह ब्रह्मलूट, राज्यआतंक र शोषण–दोहन मच्चाइरहेको खड्ग ओली नेतृत्वको कम्युनिस्ट नामधारी वर्तमान सरकारले आफ्नै चुनावी घोषणापत्रको कार्यान्वयन र सुशासनको क्षेत्रमा सिन्कोसम्म भाँच्न सकेको छैन । बरू यिनै शीर्षक र बहानामा साना तथा मझौला व्यवसायी र उद्यमीहरूमाथि चर्को र अनावश्यक शीर्षकका नानाथरी करको बोझ बोकाउँदै अनेकौं बाधा–व्यवधान खडा गरेर निरूत्साहित तुल्याउने तथा कामबाट हात धुन बाध्य हुनुपर्ने अवस्था बनाउँदै गैरहेको छ ।

कुशासन र राज्यआतंकका यी र यस्तै अत्याचारका कारण नेपाली नागरिकहरूले दिनहुँ आत्महत्या गरेका खबरहरू सार्वजनिक भैरहेका छन् । यसै मेसोमा सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएर अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आत्मदाह गरी मृत्यु रोजेका छन् । अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्षीय सिद्धार्थ आउजीको अछाममा उपचार हुन सकेन । त्यसपछि कोहलपुर मेडिकल कलेजमा लगिएका उनको दिउँसो ३ बजेतिर मृत्यु भएको छ ।

श्रीमतीसहित छोरा र छोरीको पिता साँफेबगर नगरपालिका– ६ का आउजीले अस्पतालको जागिरबाट आफूलाई निकालिएको सूचना पाएपछि बिहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जनाएका छन् । उनीसहित ३३ जनालाई ३ महिनाको समय दिएर जागिरबाट हटाइएको साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरले पुष्टि गरेका छन् । जागिर खोसिएपछि परिवार र बालबच्चाको भरणपोषणका लागि अरू जागिर या उद्यम–व्यवसायको कुनै सम्भावना नदेखेर सोही पीडामा उनले आत्मदाह गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर