newskoseli.Com

लकडाउनबीच अर्को ठूलो काण्ड : तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

तिलोत्तमा नगरपालिका– १०, मैनहवा गाउँ, रूपन्देहीमा सोमबार राति ५ जनाको सामूहिक हत्या भएको छ । हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।

गंगादेवी पशु फार्ममा काम गर्ने मजदुरहरू ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरीको हत्या भएको हो । ४ जनाको घटनास्थलमै र १ जनाको चाहिँ उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या कसले, किन र कसरी गरेको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताएका छन् । सुर्खेत बस्ने वर्ष ३१ का झपेन्द्र सिंजाली पक्राउ परेको प्रदेश– ५ का प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिएका छन् । एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको पनि धानुकले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर