newskoseli.Com

यी हुन् नयाँ नक्साको पक्षमा भोट नहाल्ने (गयल) सांसदहरू (नामावलीसहित)

प्रतिनिधिसभाको बैठकले शनिबार दुईतिहाईभन्दा बढी मतद्वारा नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७७ पारित गर्ने क्रममा केही सांसद गयल भए भने केही उपस्थित भएर मतदान गर्न नपाउने अवस्थामा रहे ।

प्रतिनिधिसभा नियमावलीअनुसार मतविभाजनबाट संशोधन विधेयक पास गराउने क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा २५८ सांसदले मतदान गरे र सबै मत प्रस्तावको पक्षमा नै परे । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपस्थित सबै सांसदले प्रस्तावको पक्षमा नै मतदान गरे । सांसद सरिता गिरी भने बैठकमा आएर पनि मतदान गर्ने बेलामा ‘बहिष्कार’ गरी बाहिर निस्किइन् ।

तर, केही सांसदहरू भने सो बैठकमा उपस्थित नै नभई नयाँ नक्साको पक्षमा मतदान गरेनन् । अमृतादेवी अग्रहरि, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोलप्रसाद गजुरेल र ज्ञानकुमारी छन्त्याल नयाँ नक्साको पक्षमा मतदान गर्ने शनिबारको बैठकमा अनुपस्थित (गयल) रहे ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफ्ताब आलम र विजयकुमार गच्छदार भने निलम्बित रहेकाले उनीहरु यतिबेला संसदमा उपस्थित हुनै पाउँदैनन्, पाएनन् ।

सभामुखले विधेयककाे पक्ष–विपक्षमा मतदान नगर्ने परम्पराअनुसार सभामुख अग्निप्रसाद सापकाेटाले मतदान गरेनन् । यसरी १ सभामुख, ४ निलम्बित, १ ‘बहिष्कारवादी’ र ११ गयल गरी १७ जनाले मतदान नगर्दा कूल २७५ सदस्यीय प्रतिनिधिसभामा २५८ जनाले मात्र मतदान गरे र सबै मत प्रस्तावकाे पक्षमा नै परे ।

यो पनि पढ्नुहोस्–
नेपालकाे नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मतिमा पारित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर