newskoseli.Com

‘साहुजीलाई घाटा भो, हाम्रो चुलो बन्द भो, कुनचाहिँ ठूलाे हाे ?’

कोरोना महामारीको बहाना बनाएर ‘ठूला’ सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुर्ला धमाधम अवकास दिन थालेको, अवकास नपाएकाहरुलाई समेत महिनौदेखिको पारिश्रमिक नदिएको र कतिपय सञ्चार माध्यम अकस्मात बन्दको घोषणा गरिएको विरोधमा शुक्रबार राजधानीमा पत्रकार र पत्रकार सम्बद्ध संघ–संगठनहरुले विरोध प्रदर्शन गरे ।

दिउँसो बबरमहलमा भेला भएर पत्रकारहरुले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहहरुको यसखाले व्यवहारप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । महासंघ सबैखाले पहल अघि बढाएर श्रमजीववी पत्रकारहरुको हकहित एवं पेशा र रोजीरोटीको सुरक्षा गर्न प्रतिबद्ध रहेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर