newskoseli.Com

मिलेन ओली–प्रचण्ड विवाद : समाधान खोज्ने प्रयासमा दोस्रो पुस्ता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् ।

एक सातादेखि लगातार चलेको अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले समाधान निकाल्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन् । दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली र प्रचण्ड पक्षीय समूहलाई एकजुट बनाउने सूत्रको खोजी सुरु गरेका हुन् । बिहीबार कृषिमन्त्री घनश्याम भुसालहित ११ नेताले नेतृत्वको विवाद मिलाउने विषयमा छलफल गरे ।

सिंहदरबारमा भएको छलफलले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ । दोस्रो पुस्ताको रणनीति नेतृत्वसम्म पुर्‍याउने र दबाब दिने नेताहरुको तयारी छ । ओलीको समथृनमा भन्दै अहिले ठाउँठाृँमा चलाइएको हस्ताक्षर, प्रदर्शन, धर्ना र सामाजिक सञ्जालमा गाली र तालीको अवस्था अन्त्य गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताले जोड दिएका छन् ।

बिहीबार सिंहदरबारमा भएको सो छलफलमा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मणि थापा, जनार्दन शर्मा, वर्षमान पुनलगायत सहभागी भएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर