newskoseli.Com

तनावबीच ओली–प्रचण्ड छलफल : के–के भए कुराकानी ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार अपराह्न पनि छलफल भयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रका पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

छलफललाई निरन्तर अगाडि बढाउने विषयमा दुई अध्यक्षबीच सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय शनिबार बसेको सचिवालयको बैठकले गरेको थियो । बैठकमा राष्ट्रको अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्ने बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आइतबारका लागि तय भएको स्थायी कमिटीको बैठक भने साउन ६ सम्मका लागि स्थगित भएको छ । पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्ष दाहालले आइतबारै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मालगायतसँग पनि छलफल गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर