newskoseli.Com

नेकपाको अन्तर्कलह : ‘सहमतीय’ प्रयास बिफल, अब ‘बहुमतीय’ निर्णयबाट अघि बढ्ने

फाइल तस्बिर

लामो समयदेखि केही बेर बस्दै र धेरै समय स्थगित हुँदै आएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक अझै अनिश्चित भएपछि अब सो पार्टी नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अध्यक्षद्वय खड्ग ओली पुष्पकमल दाहालबीच चर्को अन्तर्द्वन्द्व चलेपछि दुई नेताबीच सहमति कायम गरेर मात्र बस्ने गरी स्थगित भएको बैठक लामो समयसम्म अध्यक्षद्वयबीच सहमति नबनेकाले बहुमतका आधारमा निर्णय गर्ने गरी सुचारु गर्ने तयरी अघि बढेको एक नेताले न्युजकोसेलीलाई बताए ।

सोमबार बिहानैदेखि दुवै पक्षका आ–आफ्नै छुट्टाछुट्टै गुटभेला सुरु भएका छन् । मंगलबार ११ बजे बोलाइएको स्थायी कमिटीको बैठक बस्ने–नबस्ने अझै टुंगो भैसकेको छैन । त्यसैका रणनीति बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र अर्का अध्यक्ष दाहालको निजी निवास खुमलटारमा निरन्तर छलफलहरु भइरहेका छन् ।

दाहाल सनवास खुमलटारमा दाहा–नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरुको छलफल चलिरहेको छ भने बालुवाटारमा अर्का अध्यक्ष ओली पक्षका नेताहरु छलफलमा जुटेका छन् । स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

सहमतिका लागि निकै प्रयास भए पनि कुनै निष्कर्ष निस्कन नसकेपछि अब बहुमतबाट निर्णय गरेरै भए पनि अगाडि बढ्ने मनस्थितिमा दाहाल–नेपाल पक्ष पुगेको बताइन्छ । ‘ओलीजी सहमतिमा आउने देखिएन, अब बहुमतबाट निर्णय गरी पार्टीलाई अगाडि बढाउने तयारी भइरहेको छ,’ ती नेताले भने– ‘तर, स्थायी कमिटी बस्नुअघि पनि सहमतिका निम्ति ओलीजीसँग एक पटक अन्तिम प्रयास चाहिँ गरिन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर