newskoseli.Com

काठमाडौंमा ५७ सहित थप ३८१ मा कोरोना : २१३९० संक्रमित, १५१५६ डिस्चार्ज, ६० को मृत्यु (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २१,३९० पुगेको छ । यीमध्ये १५,१५६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ६० जनाको मृत्यु भैसकेको छ भने ६,१७४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न अस्पतालको आइसोलेसनबाट १३० जना डिस्चार्ज भएका छन् । यतिबेला ९ हजार ९ सय २५ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

बुधबार काठमाडौंका ५७ र ललितपुरका ५ सहित उपत्यकामा मात्रै थप ६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/324923662221290/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर