newskoseli.Com

काठमाडौंमा २२४ सहित थप ७४३ मा कोरोना : १५७ को मृत्यु, ३२६७८ संक्रमित, १८८०६ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३२,६७८ पुगेको छ । यीमध्ये १५७ को मृत्यु भैसकेको छ र १८,८०६ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने १३,७१५ जना सक्रिय संक्रमित विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा समेत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी राजधानी उपत्यकामा २२४ सहित देशभर ७४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यतिबेला कायम १३,७१५ सक्रिय संक्रमितमध्ये ९,१५४ जना संस्थागत आइसोलेसनमा र ४,५६१ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमको भनाइ छ ।

पछिल्लो २४ घन्टामा १७५ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएको तथा १०,२३४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १ र रुपन्देहीका ४ गरी पछिल्लो २४ घन्टामा ८ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएसँगै नेपालमा कूल १५७ कोरोना संक्रमितको मृत्यु भएको समेत प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

भिडियाेमा हेर्नाेस् प्रवक्ता प्रा.डा. गाैतमकाे ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/769298787163992/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर