newskoseli.Com

बागलुङमा बाढीकाे वितण्डा : बेपत्ता ३६ मध्ये ११ को शव फेला

ढोरपाटन नगरपालिका– ९, बागलुङस्थित सुकुर्दुङ खोलामा आएको बाढी वस्तीमा पस्दा बगाएर बेपत्ता भएका ३६ जनामध्ये ११ को शव फेला परेको छ । घटनास्थलमा फेला परेका ती शवमध्ये कसैको पनि पहिचान हुन सकेको छैन ।

८ पुरुष र ३ महिला गरी ११ जनाको शव फेला परेको बुर्तिबाङका प्रमुख प्रहरी इन्स्पेक्टर प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् । सो बाढीका क्रममा ३६ जना बेपत्ता भएको प्रहरी निरीक्षक भण्डारीले जनाएका छन् । ‘झन्डै ५०–५५ घर बाढीले बगाएको छ,’ इन्स्पेक्टर भण्डारीले भने– ‘बिहान ४ बजेतिरै हिँडेको हाम्रो टोली अझै घटनास्थल पुग्न सकेको छैन, त्यहाँ गाडी जान नसक्ने भएकाले अब आधा घन्टाजति पैदल हिँड्नुपर्छ ।’

बुधबार मध्यराति भएको अरिवरल वर्षासँगै करिव १२ बजेतिर बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका दर्जनौं घर बगाएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गला टोलसहित खोला किनारको पूरै वस्तीलाई बाढीले बगरमा परिणत गरिदिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर