newskoseli.Com

खुस्किए अर्थमन्त्री खतिवडा : वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

सत्ताधारी नेकपाले पछिल्लो आमचुनाव हारेका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारसमा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले याे निर्णय गरेको हो ।

पार्टीले यसअघि गरेको निर्णयवमोजिम नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको सदस्यमा सिफारिस गर्ने अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले बैठकमा जानकारी गराएका हुन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले नै हाल रिक्त रहेको राष्ट्रियसभाको एउटा सदस्य पदमा वामदेवलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी बैठकलाई गराएको बताए ।

राष्ट्रियसभाकोसो एक पदमा हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजाने कि उपाध्यक्ष गौतमलाई लैजाने भन्नेमा सो पार्टीभित्र तीव्र मतान्तर बढेको थियो । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहे पनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई सिफारिस गर्नुपर्ने अडान लिएका थिए ।

गौतम स्वयंले नै वर्तमान सन्दर्भमा आफू प्रतिनिधिसभा सदस्य बन्ने अनूकल अवस्था नरहेको भन्दै राष्ट्रियसभामै जान पाउनुपर्ने जिकिर गरेका थिए थिए । यसअघि फागुन १४ को सचिवालय बैठकले समेत उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्न प्रधानमन्त्रीलाई सुझाव दिने निर्णय गरेको थियो ।

नेकपाको यो निर्णयसँगै अबको दुई दिनभित्रै प्रधानमन्त्रीका ‘परमप्रिय’ अर्थमन्त्री खतिवडाको पद गुम्ने निश्चित भएको छ । पार्टीको घोषणापत्र विपरीतका आर्थिक नीति र निर्णय लादेको भन्दै पार्टीभित्रै चरम विवाद र आलोचनामा परेका खतिवडा धनीलाई झन् धनी र गरिबलाई अझ गरिब बनाउने व्यवहार गरेको तथा निम्नवर्गमा अनावश्यक र बोझिलो करआतंक थोपरेको भन्दै जनस्तरमा समेत चरम अलोकप्रिय बनेका थिए ।

यद्यपि अध्यक्ष ओलीले राष्ट्रियसभाका अर्का एक सांसदलाई प्रलोभनमा पारेर राजीनामा दिन लगाई सो ठाउँमा खतिवडालाई नै सिफारिस गर्ने प्रयास गरिरहेको स्रोतहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर