newskoseli.Com

एकाबिहानै ६ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

बुधबार बिहान बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएका छन् ।

भूकम्पको धक्का काठमाडौंसहित बागमती प्रदेशका सबै क्षेत्रमा महसुस भएको थियो । कोरोना त्रासका कारण सबै नागरिक घरभित्रै बसिरहेको स्थितिमा बिहानको झिसमिसेमा प्रायः नागरिक सुतिरहेकै बेला भूकम्प गएपछि राजधानी उपत्यका र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।

थप धक्का र अनिष्टको आशंकामा कयौं नागरिक घरबाहिर निस्केर केहीबेर प्रतिक्षा गरेका थिए । भूकम्पले धनजनको क्षति भए–नभएकोबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर