newskoseli.Com

‘आफैं त महादेव उत्तानो टाङ’ : प्रचण्डलाई बाबुरामको जवाफ

सत्ताधारी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ हरुले आफूहरुसँग एकता गर्नुपर्ने भन्दै त्यसो हुन सके मुलुकले फड्को मार्ने अभिव्यक्ति दिएका छन् । अध्यक्ष प्रचण्डको सो अभिव्यक्ति समेटिएको एउटा समाचारको लिंक शेयर गर्दै जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. भट्टराईले सामाजिक सञ्जालबाट प्रचण्डलाई जवाफ दिँदै लेखेका छन्– ‘आफैं त महादेव उत्तानो टाङ, कसलाई दिने बर !’

विभिन्न समूहबाट बिहीबार सत्ताधारी नेकपा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले कम्युनिस्टहरु एक हुनुपर्ने आह्वान गरे । ‘ढिलो–छिटो अब कम्युनिस्टहरुले छलफल–बहस गरेर एउटै पार्टीभित्र बस्न सक्छन्, सकिन्छ र सक्नुपर्छ’– उनले भने ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सत्ताधारी नेकपामा आउन आग्रह गरे ।

‘आज केही मत्हत्वपूर्ण कमरेडहरु जोडिन आइपुग्नु भएको छ, कम्युनिस्ट आन्दोलनको इतिहासमा राम्रो अनुभव हासिल गरेका कमरेडहरु । उहाँहरु ५–७ जना जोडिनुभयो, उहाँहरुको पछाडि एउटा जनमत नै छ,’ प्रचण्डले अगाडि भने– ‘म यही मञ्चबाट बाँकी रहेका कमरेडहरु किरणजीले नेतृत्व गरेको या बाबुरामजीले नेतृत्व गरेको या विप्लवहरुसँग आग्रह गर्न चाहन्छ, मूलधारतिरै फर्किनुपर्नेतिर सबैले सोच्नु देश, कम्युनिस्ट आन्दोलन र सर्वहारा जनताको हितमा हुन्छ ।’

प्रचण्डको सोही अपिलप्रति इंगित गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले ‘ट्विटर’ मार्फत यस्तो जवाफ फर्काएका हुन् । हेर्नोस्, डा. भट्टराईको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर