newskoseli.Com

ओली–प्रचण्ड भेटघाट, के–के भयो छलफल ? जुटेन कुनै सहमति

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार छलफल भए पनि कुनै निष्कर्ष र सहमतिविनै टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै तीन घन्टासम्म चलेको छलफल विनानिष्कर्ष टुंगिएको बालुवाटार स्रोतले न्युजकोसेलीलाई बतायो । दुवै अध्यक्षले आ–आफ्नै अडान दोहोर्‍याएपछि सहमति जुट्न नसकेको स्रोतको भनाइ छ ।

पछिल्लो स्थायी कमिटीको बैठकले लिएका निर्णयहरु लत्याउँदै प्रधानमन्त्री ओलीले आफूखुशी गरेको राजदूतहरुको नियुक्तिको सिफारिस, मन्त्रिपरिषदको पुनर्गठन, कर्णाली प्रदेशसभामा निम्त्याएको विवाद, ‘रअ’ का प्रमुखसँग मध्यराति गरेको गोप्य भेटघाटजस्ता विषयले नेकपा फेरि विघटनको संघारमा पुगेको छ ।

पछिल्लो समय पातलिँदै गएको अध्यक्षद्वयबीचको भेटघाटले बिहीबार निरन्तरता पाए पनि कुनै सहमति जुट्न सकेन । स्थायी कमिटीका निर्णयहरु कार्यान्वयन नगरेको, पर्सामा स्थानीय नेता चौरसियाको हत्या प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको सट्टा झन् चर्काउन खोजेको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्ट रहँदै आए पनि ओलीले यसप्रति खासै चासो देखाएका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर