newskoseli.Com

समझदारीतर्फ अघि बढ्दै कांग्रेसको विवाद

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षबीच चर्किएको विवाद समझदारी नजिक पुगेको छ । पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तर छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो ।

असन्तुष्ट पक्षले उठाएका विषयसहित महाधिवेशनको नयाँ कार्यतालिकासम्म सहमतिमै तय गर्न कात्तिक २७ मा केन्द्रीय समितिको बैठक तोकिएको छ । यसअघि पटक–पटक तोकिएको मिति समझदारी कायम गर्नकै निम्ति सारिएको हो । पार्टी नेताहरू समेतको छलफलमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले कात्तिक २७ गते १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सहमतिको प्रस्ताव पेस गर्ने जानकारी केन्द्रीय सदस्य चन्द्र भण्डारीले दिएका छन् ।

‘पार्टीको विधानअनुसार अघि बढ्ने र क्रियाशील सदस्यतासहितका १६ बुँदे हाम्रा मागमा समझदारी बनेको छ,’ भण्डारीले भने– ‘दुई महामन्त्रीले आगामी केन्द्रीय समितिको बैठकमा सहमतिको प्रस्ताव ल्याउनुहुन्छ ।’ कांग्रेस नेता रामचन्द्र पौडेलले पनि आफूहरूले उठाएका अधिकांश माग सम्बोधन गर्ने समझदारी बनेको दाबी गरे ।

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नुका साथै समयबद्ध काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै वरिष्ठ नेता पौडेलले भने– ‘पार्टीको क्रियाशील सदस्यता वडाले नै के–कति चाहिन्छ, उसैले वितरण गर्ने समझदारी बनेको छ ।’ कांग्रेस विवाद र विकासक्रमसम्बन्धी यो खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर