newskoseli.Com

बैठकको पूर्वसन्ध्यामा नेकपाका ५ शीर्ष नेताबीच भेटघाट : के–के भयो छलफल ?

निकै लामो र चर्काचर्कीपछि शुक्रबार अपराह्न बस्न लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकको पूर्वसन्ध्यामा सचिवालयका ५ नेताहरूले बिहीबार खुमलटारमा भेटघाट गरी छलफल गरेका छन् । ५ नेताको छलफलले शुक्रबारको सचिवालय बैठकमा एकताबद्धताका साथ प्रस्तुत हुने रणनीति बनाएको खुमलटार स्रोतले जनाएको छ ।

बैठकमा प्रस्तुत हुने विषयमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा छलफल भएको हो । बिहीबारको सो छलफलमा उपाध्यक्ष वामदेव गौतम भने केही ढिलो पुगेका थिए । यसअघि पनि अध्यक्ष ओलीविरूद्ध उग्ररूपमा प्रस्तुत हुने तर निर्णायक घडीमा पुगेपछि आफ्नो पक्षलाई ‘धोका दिने’ काम पटक–पटक गर्दै आएका गौतम बिहीबारकाे छलफलमा ढिलो आइपुग्दा कतिपयले पहिलेका घटनाक्रमको स्मरण गरे ।

स्थायी कमिटीले २६ भदौमा गरेका निर्णय कार्यान्वयन नगरी प्रधानमन्त्री ओली एकलौटीरूपमा चल्ने, मध्यरातमा प्रधानमन्त्रीको सरकारी निवासमै बोलाएर भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुखसँग घन्टौं लामो गोप्य छलफल गर्नेजस्ता क्रियाकलापछि सचिवालयका बहुमत सदस्यहरूले तत्काल बैठक बसी छलफल गर्ने प्रयास गर्दै आएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर