newskoseli.Com

नेकपाको अन्तर्कलह : मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ मा केन्द्रीय समिति बस्ने

सत्ताधारी नेकपाको बहुविवादित सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाललगायतको बहुमत पक्षले जसरी पनि बस्ने र प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली पक्षले नबस्ने अड्डी लिइरहेको बैठकमा अन्ततः सबै सहमागी भए ।

मंगलबारको बैठकले मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ मा केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय लिएको छ । २८ कात्तिकमा बसेको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने र उक्त प्रस्तावमाथि कुनै पनि कमिटीमा छलफल हुनै नसक्ने र ओलीले जवाफ पनि नदिने अड्डी कस्दै आएका थिए । अन्ततः पूर्वनिर्धारित मिति र समयमै मंगलबार ओली र उनी पक्षधरहरूसहित ‘फुल कोरम’ बैठक बस्यो ।

सचिवालयको आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गत बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको ‘काउन्टर’ मा बेग्लै प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । सचिवालयको यो बैठक र यसका निर्णयसँगै नेकपाभित्रको घरझगडा र विभाजनको सम्भावना कम्तिमा १० दिनसम्मका लागि पर धकेलिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर