newskoseli.Com

प्रचण्ड–ओलीबीच १६ गते ‘वारपार’ हुने : सचिवालयको अर्को बैठक पार्टीकै कार्यालयमा

नेकपाको १३ कात्तिक, ०७७ को बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड ।

निरन्तरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठक शनिबार (१३ मंसिरमा) पनि बालुवाटारमै बसेर अर्को बैठक भने १६ मंसिरमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने गरी सम्पन्न भएको छ । यो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘काउन्टर’ दिँदै बेग्लै प्रस्ताव प्रस्तुत गरे ।

कार्यकारी अधयक्ष प्रचण्डले यसअघि २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘जवाफ दिने गरी’ ओलीले छुट्टै प्रस्ताव ल्याएका हुन् । अध्यक्ष प्रचण्डले ओलीका ‘बदमासी’ हरूको विवेचना गर्दै प्रस्ताव प्रस्तुत गरेपछि फेरि ओलीले पनि प्रचण्डलाई ‘जवाफ दिँदै’ अर्को प्रस्ताव ल्याएका हुन् ।

अब दुवै प्रतिवेदनमाथि छलफल हुने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । दुवै प्रतिवेदनको अध्ययन गरेर निचोडमा पुग्नका लागि १६ मंसिरमा अर्को बैठक तय भएको जानकारी प्रवक्ता श्रेष्ठले दिए । शनिबारको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आ–आफ्नो धारणा राखे । सचिवालयको अब बस्ने बैठकबाट प्रचण्ड–माधव नेपाल तथा खड्ग ओली पक्षबीच उत्कर्षमा पुगेको विवादको छिनोफानो भई पार्टी ‘वारपार’ को स्थितिमा पुग्ने बताइएको छ ।

३ मङ्सिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिइएको थियो । उक्त बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका ‘अभियोग’ को ‘उचित जवाफ दिने’ चेतावनी दिएका थिए । ओलीले आफूमाथिका ‘आरोप’ बदर हुनुपर्ने या सही नठहरिएमा आरोप लगाउनेले जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने बताएका थिए ।

थप यी समाचार पनि पढ्नुहोस्–
अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)
‘बहुमत–अल्पमत गरिए पार्टी फुटाइन्छ’ : सचिवालय बैठकमै ओलीको चेतावनी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर