newskoseli.Com

‘बहुमत–अल्पमत गरे पार्टी फुट्छ’ : सचिवालय बैठकमै ओलीको चेतावनी

शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालय बैठकमा बोल्दै अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले पार्टी फुटाउने चेतावनी दिएका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय समिति र संसदीय दलमा अल्पमतमा परेका ओलीले ‘विधि र पद्धतिका नाममा अल्पमत–बहुमत गरिए ०७५ जेठ २ मा फर्कने’ भन्दै पार्टी विभाजनको चेतावनी दिएका हुन् ।

०७५ जेठ २ सम्म नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) गरी बेग्लाबेग्लै दुई दल अस्तित्व थिए । ३ जेठ, २०७५ मा ती दुई दलबीच एकता भएर सत्ताधारी नेकपा गठन भएको थियो । शनिबार (१३ मंसिर, २०७७) मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा बोल्दै ओलीले भनेका कुरा उद्धृत गर्दै एक नेताले सुनाए– ‘विधि–पद्धतिका नाउँमा महाधिवेशन नभएसम्म अहिले म बहुमत–अल्पमत मान्दिनँ; विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्‍याऊँ, बहुमत–अल्पमत गर्ने हो भने २०७५ जेठ २ मा फर्कौं ।’

‘पार्टी गम्भीर मोडमा छ भन्ने कुरा छर्लङ्ग छ; अध्यक्ष कमरेडले पेस गर्नुभएको संगीन आरोपसहितको प्रस्ताव झुटको पुलिन्दा हो, लान्छना र झुटको पुलिन्दा हो,’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जसरी पनि अलग भएरै छाड्ने संकेत गर्दै शनिबारको बैठकमा पनि ओलीले भने– ‘त्यसलाई बैठकमा औपचारिकरुपमा प्रवेश गराउन र छलफल गर्न दिन सकिन्नँ,त्यो अभियोग, लाञ्चनापत्र फिर्ता लिनु पर्दछ; गलत अभियोग लगाएकामा कमरेड प्रचण्डले क्षमायाचना गर्नुपर्छ, त्यसपछि मात्रै पार्टी एकतामा जान सकिन्छ ।’

थप यी समाचार पनि पढ्नुहोस्–
‘ओलीको दम्भ र अहंकार अझै घटेन’ : सचिवालय बैठकमै ओली–प्रचण्ड बाझाबाझ
अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)
प्रचण्ड–ओलीबीच १६ गते ‘वारपार’ हुने : सचिवालयको अर्को बैठक पार्टीकै कार्यालयमा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर