newskoseli.Com

ओली पुगे राष्ट्रपतिकहाँ, लगत्तै मन्त्रिपरिषदकाे बैठक : के हुँदैछ ‘भित्री’ तयारी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीको फाइल तस्बिर ।

सत्ताधारी पार्टीभित्रको झगडा उत्कर्षमा पुगेकै बेला बहुमत पक्षसँग अनुनय–विनय गरेर प्रधानमन्त्री खड्ग ओलीले लिएको तीनदिने ‘म्याद’ कै बीच राष्ट्रपति भेट्न ओली शीतलनिवास पुगे । बिहीबार बिहान ओली त्यहाँ पुगेर दुई घण्टा लामो छलफल गरेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ ।

यसअघि पनि पार्टीभित्र तीव्र संकटमा पर्नासाथ अध्यक्ष एवं प्रधानमन्त्री ओली तारन्तार राष्ट्रपतिकहाँ पुग्ने र ‘सुझाव’ लिने गर्दै आएका छन् । पार्टीभित्र सबै तहमा अल्पमतमा परेर दुवै पद गुमाउनुपर्ने स्थितिमा पुगेका ओलीले यसअघि नै ‘कडा कदम’ चाल्छु भनेर धम्की दिँदै आएका छन् । यो स्थितिमा उनले कुनै न कुनै ‘अनिष्टकारी’ कदम चाल्न सक्ने आशंका सो पार्टीको शीर्ष तहका अरू नेताहरूले पनि गर्दै आएका छन् ।

प्रधानमन्त्री पद मात्रै गुम्ने स्थिति आएमा पिन ओलीले केही न केही ‘ठूलै उपद्रो’ गर्न सक्ने आँकलन विपक्षी नेताहरू र राजनीतिक विश्लेषकहरू समेतले गर्दै आएका छन् । तर, एकाएक कुनै ‘चमत्कार’ भएन भने ओलीले यस पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद गुमाउन सक्ने सम्भावना प्रबल देखिएको छ ।

शितलनिवासबाट फर्केपछि बिहीबार अपराह्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक समेत बोलाएका छन् । यो सन्दर्भमा भएको राष्ट्रपतिसँगको भेट र लगत्तैको मन्त्रीपरिषद बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

याे पनि पढ्नुहाेस्–
किन सल्बलाए ‘राजावादी’ ? सरकारको यसमा के छ भूमिका ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर